Latest Updates :

नेपाली सेनाका जवानले आफ्नै कन्चड्मा गोलि हाने

SHARE THIS POST :
 धनकुटामा कार्यरत नेपाली सेनाका जवानले आफैलाई गोली हानी आत्महत्या गरेका छन् । सेनाको बरख गण धनकुटामा डिउटीमा रहेका बेला चेतराज जोशीले आफूले बोकेको हतियारले आफै‌लाई गोली हानी आत्महत्या गरेका हुन् ।

आफैलाई गोली हानी घाइते भएका जोशीले उपचारकाक्रममा शनिबार राती ज्यान गुमाएका हुन् । स्थायी ठेगाना डोटी भएका जवान जोशीले डिउटीका लागि एम १६ राइफल बोकेका थिए।

एम १६ राइफलले आफ्नै छातीमा गोली हानेका जोशी गम्भिर घाइते भएका थिए । उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । घटना के कारण ले भएको एवं अन्य कुराको अनुसन्धान भइरहेको सैनिक प्रवक्ता सहयाक रथी यमप्रसाद ढकालले बताएका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger