Latest Updates :

काठमाण्डौंमा भेटियो अनौठो “कुकर कफी” बनाउने ठाउँ, ग्राहकहरुको लाग्यो ओहिरो (भिडियो)

SHARE THIS POST :
सामान्यतया हामीले प्रेसर कुकरमा दाल, भात तरकारी पकाउने गर्छौ। तर के तपाईलाई थाहाँ छ प्रेसर कुकरबाट कफी पनि तयार हुन्छ ? साच्चै नै सुन्दा अचम्म लाग्छ तर गुल्मीका यादब प्रसाद पाण्डेले काठमाडौँमा कुकरबाट तयार पारिएको कफी ‘कुकर कफी’ बेचिरहेका छन्। यो अनौठो कफी पिउनको लागि यादबको ‘पाण्डे तन्दुरी भोजनालय’मा मानिसहरुको घुइचो नै लाग्ने गर्छ।

सिनामंगल चोकबाट केएमसी अस्पतालतर्फ जाँदा करिब १०० मिटरपूर्व बाँयापट्टी पाण्डे तन्दुरी एण्ड खानालाई आजभोलि कुकर कफीको नामबाट प्रख्यात छ। बुटवलका उनका दाजु विष्णु पाण्डेले वैदेशिक रोजगारमा गएको बेला कुकर कफी बनेको देखे। उनले देखेको त्यही कुरा नेपालमा ल्याउने विचार गरे। बजारमा पाइने सामान्य प्रेसर कुकरलाई आफूले चाहेजस्तो गरी मोडिफाई गरीदिन उनले एक जना इन्जिनियरलाई भने। उनले आजभन्दा पाँच वर्षअघि बुटवलमा कुकर कफी शुरू गरे।

बुटवलमा कफी कुकरको लोकप्रियता बढेपछि दाजुबाट यादबले पनि कफी बनाउन सिके। यादबले कुकर कफी बनाउन थालेको दुईमहिना भयो। यति छोटो अबधिमा पनि कुकर कफीले ठुलो चर्चा पाइरहेको छ। पकाउने तरिका नयाँ र स्वाद पनि मिठो भएपछि कुकर कफी खानेको भीड बढ्दै गएको छ।








SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger