प्रदेश प्रमुख बाबुराम कुवंरले संविधानमा गरिएको व्यवस्था अनुसार फरक क्षमता भएका नागरीकका लागी विन्दावासिनी मन्दिरमा निर्माण गरिएको लिफ्टले अपनत्व प्रदान गर्ने विश्वास व्यक्त गरे । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी शुब्बा गुरुङले धार्मीक, सांस्कृतिक र अध्यात्मीक रुपमा गण्डकी प्रदेश सम्पन्न भएकाले यसलाई सभ्यता र समृद्धिसंग जोड्नु आवाश्यक रहेको बताए ।
सामुदायीक एकता र सद्भाव अभिवृद्धिका लागी समेत धार्मीक र सांस्कृतिक रुपमा भावनात्मक एकता आवाश्यक रहेको उनले बताए । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसिले राष्ट्रपति मार्फत पोखरालाई पर्यटकिय महानगर घोषणाका लागी संघिय सरकारको ध्यानाकर्षण गराए । हुण्डाई मोटर कम्पनी दक्षिण कोरिया तथा लक्ष्मी ग्रुप नेपालको सहकार्यमा निर्माण गरिएको लिफ्टले विन्ध्यवासिनी दर्शन गर्न आउँने शारिरिक रुपमा अशक्त, जेष्ठ नागरीक र विषेस परिस्थीतिका भक्तजन लगायतलाई थप सजिलो हुने विश्वास गरिएको छ ।
Post a Comment