बाजेका दुई छोरा छन्, त्यसमध्ये पनि एउटा सुस्त मनस्थितिका छन् र उनी रोगी छन् । अर्को तन्दरुस्त छोरा बिहे गरेपछि बाबु र दाईको वास्ता नगरी हिडे । सामाजिक सन्जालमा यस अगाडि पनि यि बाजेका भिडियो आए तर उनको जीवनस्तर उकासिएन । कारण, उनले सहयोग स्वरुप केहि लाख रकम पाएपनि सम्बन्धित पक्षले तुईन तान्ने कामबाट उनलाई टाढा राख्न सकेन ।
खोला नजिकै पुल बन्दैछ, बाजे आफु नमरुन्जेल तुईन तान्छुृ भन्छन् तर तन्दरुस्त युवालाई समेत जोखिमपुर्ण र कठिन लाग्ने यो काम बाजेले गरिराख्नु कत्तिको उचित छ । सरकारले तुईन मुक्त भनेको देशमा यो उमेरका बजे यस्तो गरिहँदा किन सम्बन्धित पक्षले देखेन । यसैबिच चर्चित कलाकार र समाजसेवी शिशिर भण्डारी र स्टार न्युज नेपालका रबिन पौडेल बाजेलाई भेट्न पुगे । सहयोग रकम बुझाउँदै उनीहरुले कुरा गर्दा बाजे फेरी धुरुधुरु रोए ।
Post a Comment