‘अबको केही समयमा विशेष कारणवश शीतल निवास, पानीपोखरी, लैनचौर, केशरमहल, महेन्द्र शालिक, भद्रकाली हुँदै चल्ने सवारी साधनहरु एकतर्फी रुपमै प्रभावित हुनेछन् । सो रुटमा सञ्चालन हुने सवारी साधनहरुलाई वैकल्पिक मार्गको प्रयोग गर्नहुन अनुरोध गरिन्छ’ भन्दै महानगरीय ट्राफिक प्रहरी कार्यालयले साँझ साढे ६ बजे यो सूचना जारी गरेको थियो ।
राष्ट्रपति उपत्यकाका कुनै पनि ठाउँमा सवारी हुँदा एकतर्फी बाटो रोक्ने गरिन्छ । साँझको बेला मानिसहरु घर फर्कँदै थिए । सवारी यही बेला प¥यो । लैनचौरको सडकमा ४० मिनेटदेखि ट्राफिक प्रहरीले बाटो रोकेर राखेका थिए ।
कमल विष्टले खिचेको भिडियोमा सुरुमा हर्न बजाएर विरोध गरिरहेको देखिन्छ । रोकिएका सवारीसाधनको भीडमा एकजना मानिसले आजित हुँदै भन्छन्, ‘यो बाटो राष्ट्रपतिभन्दा जनताको धेरै हो, राष्ट्रपतिलाई त हामीले बनाएका हौँ ।’ सबैले ‘हो हो’ भन्दै आफ्नो सवारीसाधन अघि बढाउँछन् । विचरा ट्राफिक प्रहरी रोक्न खोज्छन्, मोटरसाइकलहरु सवारीका लागि रोकिएको ठाउँबाट एकपछि अर्को गर्दै हुरुरु कुद्छन् । यसरी साँझमै राष्ट्रपति भण्डारीको सवारीमा जनताले ‘विद्रोह’ गरेका छन् ।
राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी ओली सेनाले गरेको रात्रिभोजमा सैनिक मुख्यालय भद्रकाली जाने क्रममा लामो समय सवारी रोकिँदा सास्ती भोग्नुपरेको भन्दै अवज्ञा गरेका हुन् ।
खानी विभाग, लैनचौर, केशरमहल र राजदरवार संग्रहालयको दक्षिण गेटमा सर्वसाधारणले हर्न बजाएर विरोध गरेका थिए ।
भिडियो :
यो पनि पढ्नुस
एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।
यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।
एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।
महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।
यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :
बहाना बनाउनु
यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।
समस्यासँग भाग्नु
कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।
केही गर्न अघि नसर्नु
धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।
ट्राफिक प्रहरी हेरेको हे-यै (भिडियो)
राष्ट्रपति सवारीमा धेरै समय कुराएपछि यात्रुद्वारा ‘विद्रोह’
Previous
यी युवक आफैले पालेको सिंहको शिकार बन्नपुगे
Be the first to comment
Leave a Reply
Your email address will not be published.
Comment
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.
Recent Posts
राष्ट्रपति सवारीमा धेरै समय कुराएपछि यात्रुद्वारा ‘विद्रोह’, ट्राफिक प्रहरी हेरेको हे-यै (भिडियो)
यी युवक आफैले पालेको सिंहको शिकार बन्नपुगे
काठमाडौंबाट जाँदै गरेको रात्री बस दुर्घटना, १५ जना घाइते
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नाम ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ राख्ने माग ठिक कि बेठिक ?
तपाइको नाम कुन अक्षरबाट सुरु भएको हो ? अक्षरबाट हेर्नुस स्वभाब भाग्य र भबिस्य ! शेयर गर्नुहोस !
भारतले अस्पताललाई दिएको ८ करोडको मेसिन प्रयोग हुन नसकेपछि खिया पर्न थाल्यो
स्व. अधिकारीको श्रद्धाञ्जली सभामा श्रीमती बिद्याको कुरा सुनेर सबै रोए |A
Post a Comment