Latest Updates :

रुकुमको एक विद्यालय बाट दुखद खबर : ३७ विद्यार्थीहरु विद्यालयमै

SHARE THIS POST :
 आइतबार बिहान रूकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकाको एक विद्यालयमा पढन आएका विद्यार्थीहरु ठूलो संख्यामा एकैपटक बिरामी परेका छन्। पुथाउत्तरगंगा गाउँपालिका–६ मयााङमा रहेको जनजागृती आधारभूत विद्यालयका विद्यार्थीहरु बिरामी परेका हुन् । आइतबार बिहान विद्ययालय आएर प्रार्थनाका लागि लाइन लागेका बेला टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुनेजस्ता समस्या देखा परी विद्यार्थी बिरामी भएको प्रधानाध्यापक चेतकुमार सेनले जानकारी दिएका छन् ।

प्रधानाध्यापक सेनकाअनुसार विद्यालय आएका २७९ जना विद्यार्थी मध्ये यो समाचार तयार पार्दासम्म ३७ जना बिरामी छन् । बिरामी हुने विद्यार्थीको संख्या बढिरहेको उनले बताए।

स्कुल दुर्गमा ठाउँमा रहेकाले बिरामी विद्यार्थीहरुको उपचारका लागि स्वास्थ्य संस्था लैजान समस्या परेको छ । विद्यालयबाट सबैभन्दा नजिक रहेको वडा नं ४ हुकामको स्वास्थ्य चौकी पुग्न करिब दुई घण्टा लाग्छ । स्वास्थ्य चौकीसँग यतिबेला सम्म सम्पर्क हुन नसकेका कारण विद्यार्थीको उपचार गर्न समस्या परिरहेका प्रअ सेनले बताए ।









SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger