Latest Updates :

५६ करोड पर्ने सर्पको बिष सहित यी ब्याक्ति नेपालको सिमानाबाट पक्राउ परे, यस्तो रहेछ उनको योजना

SHARE THIS POST :
 करोडौँको मूल्य बराबरको विषालु सर्पको विषसहित नेपाली नागरिक भारतमा पक्राउ परेका छन् । नेपाल भारतको सीमा नाका झापाको काकँडभिट्टा नाकाबाट भाररतर्फ विषालु सर्पको विष तस्करी भइरहेको अवस्थामा भारतीय प्रहरीले प्रक्राउ गरेकोे हो ।

काकँडभिट्टासँग जोडिएको भारतको पश्चिम बङ्गाल, दार्जिलिङ् जिल्लाको पानीठ्याङ्की बजारबाट भारतीय एसएसबी ४१ बी वटालियनका इन्स्पेक्टर विजय कुल्लुको नेतृत्वको एसएसबीको टोलीले भारतीय ३५ करोड रुपियाँ नेपाली ५६ करोड मूल्य बराबरको सर्पको विषसहित झापा बुद्धशान्ति गाउँपालिका ४ का अन्दाजी ४९ वर्षीय बलबहादुर यावालाई पक्राउ गरेको जनाएको छ ।

उनलाई बिहीबार दिउँसो भारतको पानीट्याङ्की बसपार्क नजिकैबाट पक्राउ गरेको हो । बलबहादुरले सिसाको ठुलो भाँडोभित्र राखेको लगभग दुई पाउन्ड सर्पको विष एसएसबीले बरामद गरेको थियो । नेपालबाट सर्पको विष भारततर्फ तस्करी भइरहेको गोप्य सुचनाका आधारमा बलबहादुरमाथि शंका लागि जाँच गर्दा सर्पको विष फेला परेको भारतीय प्रहरीले जनाएको छ ।

यस विषमा सोधपुछ गर्दा उनले नेपालबाट सर्पको विष ल्याएको स्वीकारेका छन् । उनले ल्याएको सर्पको विष पानीट्याङ्कीमा एक जनालाई दिन आएको र अरु केही थाहा नभएको एसएसबीलाई बताएको जनाइएको छ । यो समाचार नेपाल समाचार पत्रमा प्रकाशित छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger