तीन दिनको अन्तरालमा ५३ सुरक्षाकर्मीको मृत्यु भएपछि भारत र पाकिस्तानको दूरी बढाएको छ । सोमबारमात्रै भारतले पाकिस्तानसँग खेल नखेल्ने घोषणा गरिसकेको छ भने बलिउडका स्टार सलमान खानले पाकिस्तानी गायकले आफ्नो चलचित्रको गीत हटाएका छन् । सलमानले आफ्नो बनिरहेको चलचित्र ‘नोटबुक’बाट पाकिस्तानका गायक आतिप असलमलाई निकालेका छन् । यसरी बिश्लेषण गर्दा भारत र पाकिस्तानबीच अब शान्तिवार्ता हुने सम्भावना टरेको छ ।
अहिले हिजो मृत्यु भएका सुरक्षाकर्मीहरुलाई अन्तिम श्रद्धाञ्जली दिने क्रम चलेको छ । हिजो मृत्यु भएका मेजर चित्रेश ढोँडियालको बिदाई देहरादुनमा भइरहेको छ । अन्तिम संस्कार गरिरहँदा त्यहाँ देखिएको दृष्य निकै पीडादायी रहेको छ । मेजरकी श्रीमती र आमाको दृष्य देखेर भारतीय सञ्चारमाध्यमले निकै भावुकता देखाएका छन् ।
एकवर्ष अगाडि विवाह गरेका मेजर ढोँडियाल देशप्रति सोच्ने र अब्बल क्षमताका रहेको उनकी श्रीमती बताउँछिन् । आफूलाई सम्हाल्दै उनी श्रद्धान्जली सभामा उपस्थित भएकी छन् । कफिनलाई समात्दै आफ्ना श्रीमानलाई अन्तिम बिदाइ गर्दै उनी भक्कानिएकी छन् । यो दृष्य अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
Post a Comment