Latest Updates :

ढाकाबाट दुबईतर्फ उडिरहेको विमान अपहरण गर्न खोज्ने युवकलाई गोली हानी मारियो

SHARE THIS POST :
 बङ्गलादेशको सरकारी वायुसेवा कम्पनी विमानद्वारा सञ्चालित एउटा यात्रुवाहक जेट विमानको अपहरणको प्रयास भएपछि चितगोंग शहरमा उक्त विमानको आपतकालीन अवतरण गराइएको छ।

राजधानी ढाकाबाट दुबईतर्फ उडिरहेको सो विमान फ्लाइट बीजी १४७ मा १ सय ४२ जना यात्रु सवार थिए। सन्दिग्धलाई गोली हानिएको र उनको मृत्यु भएको बताइएको छ। सन्दिग्धलाई आत्मसमर्पण गर्न भनिएको तर नमानेपछि गोली हानिएको सैनिक सूत्रले जनाएको छ।

पच्चीस वर्षको उमेर भएको ठानिएका ती सन्दिग्धले किन विमान अपहरणको प्रयास गरे त्यो चाहिँ स्पष्ट भइसकेको छैन। बीबीसी बाङ्ग्लाका अनसुार सबै यात्रु र चालकदलका सदस्यहरू सकुशल रहेका छन्।

सोही विमानमा यात्रा गरिरहेका सांसद मोइनउद्दिन खान बादलले सञ्चारकर्मीलाई बताएअनुसार एक यात्रुले हतियार देखाउँदै विमान अपहरण गर्न खोजेका थिए। उनका अनुसार ती व्यक्तिले विमानचालकलाई आफ्नो कुरा प्रधानमन्त्री शेख हसिनासँग गराउन भनेका थिए।








SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger