Latest Updates :

जन्म दिने अामाको कुटाइबाट ४ बर्षिय छोरी को मृत्युु

SHARE THIS POST :
जन्म दिने अामाको कुटाइबाट ४ बर्षिय छोरी को मृत्युु ।ताप्लेजुङ : भनिन्छ- आमा मायाको प्रतिमूर्ति। तर ताप्लेजुङमा भने ९ महिनासम्म कोखमा राखेर जन्माएको सन्तानका लागि आफ्नै आमा काल बनेकी छन्।

मिक्वाखोला गाउँपालिका–४ साँवा घर भई फुङलिङ बजारको रिजाललाइनमा बस्दै आएकी ३२ वर्षीया पूजा चेम्जोङ लिम्बुको कुटपीटबाट चार वर्षीया छोरीको मृत्यु भएको छ।गत शुक्रबार बिहान चेम्जोङले चार वर्षीया छोरीलाई कुटपिट गरी सख्त घाइते बनाएकी थिइन्।प्रत्यक्षदर्शीका अनुसार पूजाले छोरीलाई कुटपिट गरेर ढुंगामा पछारेकी थिइन्। लगत्तै उनको मुखबाट रगत निस्किएको थियो।

प्रहरीले पूजालाई पक्राउ गरेको छ। जिल्ला अदालतबाट म्याद थप गरी ज्यान सम्बन्धी कसुरमा कारबाही बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी सञ्जयसिंह थापाले जानकारी दिए।बालिकालाई जिल्ला अस्पताल ताप्लेजुङले इलाम जिल्ला अस्पताल रेफर गरेकोमा उपचारको क्रममा शुक्रबार राति नै मृत्यु भएको हो।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger