Latest Updates :

बिग्रेको गाडी बनाउन छोरा सहित घरबाट हिँडेका निकेशको रहस्यमयी हत्या !

SHARE THIS POST :
शनिबार नाटकीय शैलीमा अपहरणमा परेका एक युवा मृत अवस्थामा फेला परेका छन् । छोरासहित अपहरणमा परेका उनको शव प्रहरीले गाडीमै फेला पारेको हो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

सूर्यविनायक नगरपालिका ८ सिपाडोलस्थित आदर्शनगर बस्ने २६ वर्षीय निकेश भुजू शनिबार चार वर्षीय छोरालाई साथमा लिएर बिग्रेको गाडी बनाउन घरबाट निस्कन्छन् । उनी केही दिनदेखि बिग्रिएको बा५च ६३२१ नम्बरको निलो रंगको मारुती गाडी चलाएर बिहान नौ बजे निस्केका हुन् ।

उनले घरमा पनि गाडी बनाएर आउने भन्दै निस्किएका थिए । तर, निकेश साँझ ६ बजेसम्म पनि घर फर्किएनन् । त्यसअघि पनि उनकी श्रीमती सिर्जना भुजूले पटक–पटक मोबाइलमा सम्पर्क गर्ने प्रयास गरेकी थिइन् । साँझ पर्न लाग्दा पनि घर नर्फिएपछि उनी आफैँ खोज्न जाने निधो गरिन् । छोरा पनि साथमा लगेकाले उनलाई निकै छटपटी भएको थियो । सुरुमा आफन्तलाई लिएर सम्भावित ठाउँमा खोजतलास पनि गरिन् । कहीँ पत्तो नलागेपछि साँझ ६ बजेतिर महानगरीय प्रहरी वृत्तमा श्रीमान् र छोरा सम्पर्कविहीन भएको मौखिक उजुरी गर्छिन् ।

प्रहरीलाई मौखिक उजुरी दिएपछि उनी पुनः आफन्तको गाडी लिएर भक्तपुरका विभिन्न सम्भावित स्थानमा खोजी गर्न थाल्छिन् । दुईजना आफन्तको साथमा गाडी नै लिएर खोज्दै जाने क्रममा संयोगले साँझ पौने सात बजेतिर भक्तपुर नपा ८ लिवालीमा श्रीमान्ले चलाउने गरेको मारुती भ्यान देख्छिन् । उनले हत्तपत्त गाडी रोकेर ओर्लिएर सो गाडी रोक्न इशारा गर्दछिन् ।

तर, मारुती रोक्दै नरोकी लिवालीको बस्तीभित्र भाग्छ । दुई जना मात्र हुनुपर्ने कारमा अन्य मानिस देखिएपछि उनी अत्ताल्लिछन् र मारुतीको पिछा गर्दछिन् । अलिक अगाडि पुगेपछि बाटो साँघुरो हुँदा गाडी रोकेर चार÷पाँचजना अज्ञात व्यक्ति त्यहाँबाट निस्किएर भाग्छन् । उनले भागेका मानिसलाई छाडेर हत्तपत्त गाडी खोलेर हेर्दा आफ्ना श्रीमान् निकेश र छोरा बेहोस अवस्थामा भेट्टाउँछिन् । तत्काल प्रहरीलाई खबर गरेर उनीहरूलाई भक्तपुर अस्पताल पु¥याइन्छ । चिकित्सकले निकेशलाई मृत घोषणा गर्छन् । चार वर्षीय छोरा भने सकुशल छन् ।

प्रहरीले घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूले मृतकले अत्यधिक लागुऔषध प्रयोग गरेकाले उपचारका लागि अस्पताल लैजाँदै गरेको बयान दिएका छन् । तर, प्रहरीले लागुऔषध प्रयोग गरेको भए भाग्नुपर्ने अवस्था नआउने र बालक पनि बेहोसीको अवस्थामा भेट्टाउनु रहस्यमय रहेको बताएको छ । अहिले नै हत्या वा अपरहण के हो भनेर भन्न सक्ने अवस्था नरहेको बताएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले बताए ।

मृतकको पोस्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान अगाडि बढ्ने उनले बताए । प्रहरीले मृतकसँगै रहेका ४ वर्षीय बालकले बयान दिए घटनामा अनुसन्धान गर्न थप सजिलो हुने बताएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले शनिबार र आइतबार चारजना युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका–८ का २५ वर्षीय सुमन बाला, दाङको हापुर गाउँपालिका–४ का १९ वर्षीय भुपबहादुर रोका, सिन्धुपाल्चोक मार्मिङ गाउँपालिका–१ घर भई चाँगुनारायण–९ ताथली बस्ने २६ वर्षीय किरण श्रेष्ठ र चाँगुनारायण–९ ताथलीकै सुकु भन्ने राज बनमाला रहेका छन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger