तर भारतको बिहार राज्यको भागलपुरमा यस्तै विचित्र घटना भएको छ । यहाँको एक परिवारमा भाउजुको देवरसँग प्रेम भएपछि परिवार विभाजित हुनबाट बचाउन दाजुलै नै देवरभाउजुको विवाह गरिदिएका छन् ।
बिहेपछि दाजुले भाइबुहारीलाई आशीर्वाद दिँदै गाउँ छोडेर गएका छन् । उनले आफ्नी छोरी पनि उनीहरुलाई सुम्पिदिएका छन् । बिहेपछि आमाले पनि छोरीलाई अब अंकललाई बाबा भन्नु भनेर सिकाएकी छिन् ।
फिल्मी शैलीको यो घटनामा ३० वर्षका पवन गोस्वामीकी श्रीमती प्रियंका गोस्वामीको आफ्नै देवर साजन गोस्वामीसँग प्रेम भएको थियो । यो सम्बन्ध २ वर्षदेखि चलिरहेको थियो । उनीहरुले भागेर बिहे गर्ने तयारी गरिरहेको कुरा दाजु पवनले थाहा पाएपछि उनीहरुको खुलीको लागि आफैंले दुवैको विवाह गरिदिएका हुन् ।
यो पनि पद्नुहोस
यसरी अन्त्य भयो प्रेम कहानी देवर भाउजुको
विगत ६ महिनादेखि एकअर्कासँग प्रेम सम्बन्धमा रहेका देवर भाउजुले समाजले सम्बन्धको विरोध गरेपछि दुवैले सँगै आत्महत्या गरेका छन् । उनीहरुले गाउँमै रहेको इनारमा हाम्फालेर आत्महत्या गरेका हुन् । यी दुईमध्ये देवर नाबालिग नै थिए । उनीहरुको मृत्युपछि गाउँलेहरुले उनीहरु प्रेममा रहेको बताएका हुन् ।
भारतको बिहारको जमुइ जिल्लाका उनीहरु प्रेममा भएको कुरा घरमा थाहा भएको थियो । घरमा उनीहरु दुईबीचको प्रेमको विरोध भएपछि उनीहरुले सँगसँगै आत्महत्या गर्ने निर्णय गरेको अनुमान गरिएको छ । नातामा देवर भाउजु भएका कारण उनीहरुबीच मजाक चलिरहन्थ्यो । यही क्रममा उनीहरु प्रेममा परेको अुनसक्ने बताइएको छ । शुक्रबार साँझ अचानक दुवै घरबाट बेपत्ता भए । गाउँले र परिवारले उनीहरुलाई धेरै खोजे पनि केही पत्ता लाग्न सकेन ।
शनिबार बिहान इनारनजिकैबाट हिँडेका मानिसहरुले इनारको किनारामा चप्पल देखे । त्यसपछि उनीहरुले इनारमा हेर्दा एक महिला र एक पुरुषको शव तैरिरहेको थियो । गाउँलेहरुले प्रहरीलाई खबर गरे । प्रहरीले शव निकालेपछि उनीहरुको पहिचान खुलेको हो । मृतकहरु सोखो गाउँ निवासी चंदन कुमार दास र उनकी भाउजु विन्दु देवी रहेको बताइएको छ । मृतक विन्दुको २ वर्षअघि चन्दनका दाजु उमेश दाससँग विवाह भएको थियो ।
Post a Comment