यसका संस्थापक राजा पृथ्वीनारायण शाह थिए। हाल यो सेनामा ९७००० हजारको हारा हारीमा जनशक्ती रहेको छ। नेपालमा माओवादी विद्रोहको सुरुवात पछि केही जनसक्ती नेपाली सेना तथा नेपाल प्रहरी बाट लगी नेपाल सशस्त्र प्रहरी बल बनाइएको थियो भने केही सेना नेपाल सशस्त्र बल रक्षक फोर्समा पनि जाने गर्दछन। नेपाली सेनाको प्रधान कार्यालय (नेपाली जंगी अड्डा) काठमाडौंको भद्रकालीमा रहेको छ। साथै नेपाली सेना पृतना प्रधान कार्यालय हरू पूर्वको इटहरी, हेटौडा, उपत्यका (सिंह दरवार) , पोखरा , सुर्खेत तथा दिपायलमा रहेका छन।
नेपाली सेनाका वाहीनी, गण तथा गुल्महरू देशका सबै भागमा रहेका छन। नेपाली सेना वाह्रय आक्रमण तथा आन्तरिक द्वन्द बाहेकका बेलामा विकास निर्माण खास गरी सेनाले बनाएका सडकमार्ग हरू देशका प्राय सबै भागमा रहेका छन, त्यसै गरी राष्ट्रिय सम्प त्ति (बिद्युत, टेलीफोन स्टेसन तथा एतिहासीक गढी दरवार हरू)को सुरक्षा, राष्ट्रिय निकुन्ज तथा वन्य जन्तु सुरक्षामा संलग्न रहदै आएको छ त्यस बाहेक अन्य विकास निर्माण तथा प्राकृतीक बिपत्तीमा उद्धारका लागि यो शक्ति नेपालको मेरूदण्ड नै हो।सुन्दरी युबती संग नेपालि सेनाका जवानको घम्साघम्सी डान्स हेर्न यहाँ क्लिक गर्नुहोस
Post a Comment