फोटो हेर्दै जाँदा उनले त्यो खाली घरको झ्यालमा उनले यस्तो चीज देखिन् कि उनको सातोपुत्लो उड्यो । ती महिलाले त्यो झ्यलमा एक भूतजस्तै बच्चाको अनुहार देखेकी थिइन् ।
उनी यसकारण डराइन् किनकि केही वर्ष पहिले उनी त्यो घरमा बस्दा उनकी छोरीले त्यो बच्चाको कहानी सुनाइरहन्थिन् ।
छोरीले त्यो बच्चा उनीहरुसँगै त्यही घरमा बस्ने बताउँथिन् तर महिलाले छोरीको कुरा पत्याउँदिनथिन् ।
साउथ लेंकारशायरमा बस्ने ३१ वर्षकी महिला इलन म्याकमोनागलले हालै आफ्नो हेमिल्टनस्थित घरबाट गुगल स्ट्रिट भ्यूको माध्यमबाट अलेक्जेण्ड्रियास्थित आफ्नो पुरानो घरको फोटो हेर्दै थिइन् ।
यही क्रममा उनले आफ्नो पुरानो खाली घरको झ्यालमा बच्चाको अनुहार देखिन् । ५ वर्षअघि उनी यो घरमा बस्दा उनकी तीन वर्षकी छोरी हेलीले बेलाबेलामा यो बालक जोनीको बारेमा कुरा गर्थिन् । जब उनले स्ट्रिट भ्यूमा बालकको अनुहार देखिन् तब बल्ल उनलाई छोरीको कुरा विश्वास भयो ।
Post a Comment