Latest Updates :

बालुवा लोड गरी जाँदै गरेको ट्याक्टरले किचेर एक बालकको मृत्यु

SHARE THIS POST :
सिरहामा ट्याक्टरले किच्दा एक बालकको मृत्यु भएको छ ।सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरस्थित भित्री सडकमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय बसन्त सदाको १० वर्षीय छोरा आशिष सदा रहेका छन् ।

प्रहरीका अनुसार बालुवा लोड गरी उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स१त ४२३१ नंको ट्याक्टरमा सवार आशिष अचानक ट्याक्टरबाट लड्दा सोही ट्याक्टरले किचेको हो । ट्याक्टरले किचेपछि गम्भीर घाइते भएका बालकको उपचारको क्रममा कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger