Latest Updates :

पिता र हजुरआमा जस्तै राहुल गान्धीको हत्या प्रयास भएकै हो ? भिडियोमा देखियो ‘लेजर लाइट’

SHARE THIS POST :
 भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीको पनि हत्याको षड्यन्त्र गरिएको पाइएको छ । उनको सुरक्षामा गम्भीर चूक भएको भदै कांग्रेसले गृहमन्त्री राजनाथ सिंहलाई २ पानाको पत्र लेखेर जाँचको माग गरेको छ । पत्रको साथमा एउटा भिडियो क्लिप पठाइएको छ । भिडियोमा देखिएअनुसार निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएपछि राहुलले मिडियासँग कुरा गर्दा उनको टाउकोमा ७ पटकसम्म हरियो रंगको ‘लेजर लाइट’ देखिएको छ । यस्तो लाइट विशेष किसिमको बन्दुकले निशाना लगाउँदा देखिन्छ ।

कांग्रेसले पत्रमा पूर्व प्रधानमन्त्रीहरु राहुलका पिता राजीव गान्धी र राहुलकी हजुरआमा इन्दिरा गान्धीको पनि हत्या गरिएको स्मरण गराएको छ । पत्रमा या घटना उत्तर प्रदेश सरकारको सुरक्षामा गम्भीर भुन भएको भन्दै केन्द्र सरकारसँग कारवाहीको माग गरिएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger