आफ्नो भाइ नै दाजुको दुश्मन बनेपछि दाजुको जीवनको दुखद् अन्त्य भएको यो घटना भारतको कानपुरमा भएको हो । यहाँ रेलवे ट्रयाकमा एक युवकको लाश टुक्रा टुक्रा परेको हालतमा थियो । अगाडिबाट अर्को ट्रेन आउँदै थियो ।
ती मृतकका भाइले दाजुको लाशलाई ट्रेनमुनि पर्न नदिन हतारहतार बाहिर तान्दै थिए । यो मार्मिक दृश्य देखेर त्यहाँ भएका मानिसहरुको आँखामा आँसु आयो ।
पछि बुझ्दै जाँदा मृत्युको कारण एक युवती थिइन् । यहाँ प्रभा शर्मा आफ्ना ४ छोरा र २ छोरीसँग बस्थिन् । उनीहरुमध्येका साइँला २० वर्षका अनुप र कान्छा १८ वर्षका मयंक निकै नजिक थिए । उनीहरुको सम्बन्ध नजिकको साथीजस्तै थियो ।
दुवै धेरैजसो सँगै रहन्थे र सँगै जागिर पनि गर्दथे । यी दुवै दाजुभाइ एउटै युवतीलाई मन पराउँथे । ती युवतीसँग दाजु अनुपले फोनमा कुराकानी पनि गर्दथे ।
यो जान्दाजान्दै पनि भाइ मयंकले उही युवतीलाई एकतर्फी प्रेम गर्न थाले । यही कारण दुई दाजुभाइमा अक्सर झगडा परिरहन्थ्यो । तर, एकाएक दाजु अनुपले भाइको बाटो खोलिदिने निर्णय गरेर आत्महत्या गरे ।
Post a Comment