Latest Updates :

नयाँ नेपाल बनाउने अभियानमा सहयोगी मनकारी नायिका श्वेता खड्का : यस्तो बन्यो माझी बस्ती

SHARE THIS POST :
विनाशकारी भूकम्प पछि एकिकृत बस्ती बनाउने देशमा एक किसिमको लहर नै चल्यो । हेर्दा चिटिक्क देखिने ती सुन्दर घरहरु बनाउन साच्चै नै मनै लोभ्याउने खालका हुने गर्छन् ।

धूर्मुस- सुन्तलीले बनाएका गिरानचौर बस्ती होस् या मुसहर बस्ती अनि अहिले बन्दै गरेका स्वेता श्री फाउन्डेसनको अभिभावकत्व तथा संरक्षण पाएका सिन्धुपाल्चोकको माझी बस्ती ।

चौतारा साँगाचोकगढी नगरपालिका–१४ भिमटार माझी बस्तीमा नायीका श्वेता खड्काको समन्वयमा निर्माण सुरु गरिएको एकीकृत माझी बस्ती निर्माणमा ढिलाई भए पनि विभिन्न कठिनाईहरुलाई छिचौल्दै अघि बढिरहेको छ ।

भिमटारको माझी बस्तीका स्थानीयलाई लक्षित गरी नायिका खड्काले श्वेता श्री फाउण्डेशनमार्फत ५३ घर निर्माण सुरु गरेकी थिइन् ।

४६५ वर्ग फिटमा निर्माण हुने घरको लागत प्रति घर लगभग ७ लाख रुपियाँ पर्न आउँछ । फाउण्डेशन ले स्थानीयसँग घर निर्माणमा लाग्ने ७ लाख आफैले व्यहोर्न पर्ने र अन्य भौतिक पूर्वाधार को काम मात्रै फाउण्डेशनले गर्ने सहमतीमा काम सुरु गरेको थियो ।

अहिले विभिन्न किसिमका आर्थिक संकटहरु चिर्दै माझी वस्तीका अगुवाहरु पनि स्वेतासँगै हातेमालो गरिरहेका छन् ।नायिका खड्काले शुक्रबार आफ्नो फेसबुकमा स्टाटस लेख्दै सबैलाई हातेमालो गरि बस्ति निर्माणमा सहयोग गर्न अनुरोध गरेकी छिन ।

उनि लेख्छिन “सानो घर, हाम्रो रहर “को सपना साँचेका मेरा प्रिय माझी बस्तिका दाजुभाइ तथा दिदिबहिनीहरुसंग हात्तेमालो गर्दै यहाँ सम्म आइपुगियो । धेरै कस्ट सहियो , धेरै हण्डर खाइयो । कतिले गाली गरे अनि कत्तिले आँखा तरे ।

कोहीले आश देखाए भने कोहीले उपहास गरे । तर सहयोगीहरुको साथ र माझी बस्तिका युवाहरुको हातका कारण हामी, हाम्रो सपनालाई बिपनामा परिणत गर्ने तरखरमा छौ । अझै केहि काम बाँकी छन । म एक्लैले ,अपुरो कामलाई पुरा गर्न सम्भव छैन । आउनुस अझै मौका छ । नमुना माझी बस्तीमा आ-आफ्नो योगदान गरौ ।’

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger