Latest Updates :

हावाहुरीबाट अस्तव्यस्त बनेको बारा-पर्सामा नेपाली सेनाले आफ्नो ज्यानको बाजी राखेर यसरी गर्यो उद्दार

SHARE THIS POST :
आइतबार राति बारा-पर्सामा आएको आँधी-हुरीमा गम्भीर घाइते भएका थप दुई जनालाई काठमाडौं ल्याइएको छ । सोमबार साँझ नेपाली सेनाको एमआई १७ हेलिकोप्टरबाट बिरामीसहित ५ जना कुरुवालाई काठमाडौं ल्याइएको हो ।

नेपाली सेनाको जंगी अड्डाका प्रवक्ता यामप्रसाद ढकालका अनुसार दुई जनालाई नै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिनेछ ।

यसअघि सोमबार बिहान सेनाको स्काई ट्रक विमानमार्फत ल्याइएका ६ जनाको पनि त्रिवि शिक्षण अस्पतालमै उपचार भइरहेको छ ।

घटनामा ३१ जनाको मृत्यु भइसकेको छ भने ७ सय बढी घाइते भएका छन् ।

विश्वपर्यटनको केन्द्र लुम्बिनीको विकासका लागि विदेशी लगानी गर्न उत्साहित रहेको अर्थमन्त्री डा युवराज खतिवडाले बताउनुभएको छ ।

रुपन्देहीको धकधइमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले भन्नुभयो, “लुम्बिनीको विकासका लागि वैदेशिक लगानीकर्ता लगानी सम्मेलनमा लुम्बिनीमा एकीकृत आयोजना सञ्चालन गर्न २० अर्ब डलर बराबर ल्याएर आउनुभएको थियो । हामीले त्यति त तत्काल नचाहिएला भनेर चार अर्ब डलर बराबरको काम गर्ने सहमति गरेका छौँ ।”

उहाँले लुम्बिनीका लागि विदेशी अर्बौं लगानी गर्न तयार भएको बताउनुभयो । अर्थमन्त्री खतिवडाले लुम्बिनीमा प्रसूति गृहसहितको आधुनिक अस्पताल, सडक विस्तार जस्ता आयोजना हुने बताउनुभयो ।

उहाँले आगामी बजेटमा बुद्ध सर्किटको आयोजना प्राथमिकतामा पर्ने बताउँदै सरकारले बेलहिया बुटवल छ लेन सडकलाई मध्यपहाडी सडकसँग जोड्ने गरी बजेट व्यवस्थापन गर्न लागेको बताउनुभयो ।

उहाँले बुटवलको सिद्धबाबामा टनेल वा अन्य प्रविधिका लागि स्वीस सरकारले विस्ुतत परियोजना प्रतिवेदन (डिपीआर) गरिसकेको बताउँदै उक्त आयोजना निर्माणमा पनि उनीहरुलाई नै अनुरोध गरेको र सकारात्मक भएको बताउनुभयो ।

मन्त्री खतिवडाले स्थानीय सरकारलाई साधनस्रोत सम्पन्न बनाउने गरी सङ्घीय सरकारले बजेट ल्याउन थालेको बताउनुभयो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger