छ महीनादेखि सुरक्षा बलले झारखण्ड र छत्तीसगढ क्षेत्रमा ठूलो अभियान चलाइ राखेको छ । तर अहिलेसम्म सुरक्षाकर्मीले सो क्षेत्रमा कुनै उपलब्धी हासिल गर्न सकेका छैनन् ।मुख्यमन्त्रीले गरे ट्ववीटमुख्यमन्त्री रघुवर दासले ट्ववीट गर्दे बूढा पहाडमा माओवादीले सुरक्षाकर्मी माथि कायरतापूर्ण हमला गरेको बताएका छन् । हाम्रा साहसी सुरक्षाकर्मीको शाहदातप्रति मन दुखी भएको छ । हामीले झारखण्डबाट माओवादीहरुको विऊ नै उन्मुलन गरेर पछि मात्रै शहीद जवानप्रति साच्चा श्रद्धाञ्जलि हुनेछ । शहीद परिवारप्रति मेरो सम्बेदना छ प्रतिक्रिया:काठमाडाैँ, १२ चैत । अछाममा नेत्रविक्रम चन्द विप्लव समूह र प्रहरीबीच गाेली हानाहान भएको छ । अछामको रामारोशन गाउँपालिको झाता गाउँमा प्रहरी र ‘विप्लव’ समूहबीच गाेली हानाहान भएको हो ।विप्लव समूहका कार्यकर्ता झाता गाउँमा रहेको थाहा पाएपछि प्रहरी त्यहाँ पुगेको थियो। विप्लव समूहका कार्यकर्ताले प्रहरीमाथि फायरिङ गरेपछि प्रहरीले जवाफी कारवाही स्वरुप फायरिङ गरेको जनाएको छ। त्यसक्रममा प्रहरीले नेकपाका चार जना कार्यकर्तालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा पार्टी निकट अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा संगठनका जिल्ला सदस्य सुरेश साउद, अनेमसंघ क्रान्तिकारीकी भुमीसरा धामी र युवा संगठनकै राजेन्द्र धामी रहेका छन् । प्रहरिको घेराबन्दीबाट भाग्ने क्रममा नेकपा अछामका ईन्चार्ज शेर बहादुर बिक ‘दर्शन’ को खुट्टामा चोट लागेको नेकपा श्रोतले बताएको छ ।दिउँसो करिब १ बजेतिर विप्लव समूहका कार्यकर्तालाई पछ्याउँदै प्रहरी झाता पुगेको थियो। विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता हतियारसहित रामारोशनमा बसिरहेको विशेष सूचनका आधारमा त्यहाँ पुगेको प्रहरीले स्रोतले जनाएको छ।सरकारले गएको फागुन २८ गते प्रतिबन्ध लगाएपछि प्रहरीले विप्वलका नेता/कार्यकर्ताको खोजी तीब्र पारेको छ । यसक्रममा तेस्रो वरियताका नेता हेमन्त प्रकाश ओली सुदर्शनसहित विभिन्न क्षेत्रका इन्चार्ज र कार्यकर्ता गरि झण्डै २ सय जना पक्राउ परिसकेका छन् ।विर्तामोड : झापाको विर्तामोडमा बालक हत्याको विरोधमा निकालिएको र्यालीमा प्रहरीले दमन गरेर दर्जनौं
राउण्ड गोली चलाएको छ । शान्तिपूर्ण रुपमा आयोजना गरिएको र्यलाीमा प्रहरीले दमन गरेको हो । शनिश्चरे रोडबाट निकालिएको र्याली प्रहरीकै इस्कर्टिङमा विर्तामोडको मुक्ति चोकमा पुगेपछि प्रहरीले नै एकाएक रोकेको थियो । प्रहरीको अवरोधलाई छिचोलेर र्याली अगाडि बढ्न खोज्दा प्रहरीले लाठीचार्ज तथा गोली प्रहार गरेको हो ।शान्तिपूर्ण आन्दोलनमा उत्रेका सर्वसाधारणमाथि प्रहरीले लाठी तथा अश्रुग्यास प्रहार गर्न थालेपछि सर्वसाधारणले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । त्यसपछि प्रहरीले गोली प्रहार गर्न सुरु गरेको हो। तर, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी विष्णुकुमार केसीले भीडलाई तितरवितर गर्न अश्रुग्यास मात्र प्रहार गरेको बताए ।गोली प्रहार तथा अश्रुग्यास लागेर कति जना घाइते भए भन्ने यकिन हुन सकेको छैन । प्रहरीले गल्ली गल्ली पसेर सर्वसाधारणलाई कुटपिट गर्नुका साथै अपशब्द बोलेका छन् । काम गर्न कार्यालय तथा पसलमा आएका सर्वसाधारणलाई कुटपिट समेत गरेका छन् । विर्तामोड अहिले अत्यन्त त्रसित छ । दशैंको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको शव त्यसको भोलिपल्ट अर्जुनधारा ५ को धानबारीमा फेला परेको थियो ।बिर्तामोड ५ का सुरेस पोखरेल लगायतले हत्या गरेको भन्दै मृतकका काका बिष्णुप्रसाद शिवाकोटीेले पोखरेल परिवारका आठ जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।प्रहरीले हत्यारालाई कार्वाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयवासीले शुक्रबार विर्तामोड बन्दको घोषणा गरेका छन् ।
Post a Comment