Latest Updates :

क्याप्टेन विजय लामाको पश्न: काठमाडौँ उडेको हेलिकप्टर कसरी पाथिभरा पुग्यो?(भिडियो सहित)

SHARE THIS POST :
नेपाल एयरलाइन्स का प्रवक्ता बिजय लामा ले ताप्लेजुङ हेलिकप्टर दुर्घटना गम्भीर मानबिय त्रुटिका कारण भएको बताएका छन । तेह्रथुम बाट काठमाडौका लागी उडेको हेलिकप्टर कसरी ताप्लेजुङ पुग्यो ? त्यहा जाने अनुमती कस्ले दियो ? यो गम्भीर कुरा भएको भन्दै प्रवक्ता लामाले नेपाल को आकाश सुरक्षित छैन भन्ने भनाइ गलत भएको भन्दै रुल एन्ड रेगुलेसन को पालना नगर्नु नै प्रमुख दुर्घटना को कारण हुँदै आएको बताउनु भएको छ । कुनै पनि दुर्घटना बाट पाठ सिक्ने फुर्सद नभएको जिम्मेवार निकाय र सञ्चार जगतले अब यस्ता विषयलाई बिर्सने गल्ती गर्न नहुने सुझाव समेत ब्यक्त गर्नु भएको छ ।

रबिन्द्र अधिकारी र भरत मोहन अधिकारी सग भावनात्मक सम्भन्ध भएका लामा मन्त्री रबिन्द्र अधिकारीलाई भाइ भन्थे भने लामालाई रबिन्द्र ले आदरपुर्वक दाइ भन्ने गर्थे ।समग्र मुलुक बिकासको प्रकृया राजनिती नै भएका कारण राजनितीलाई सुद्द र सफा बनाएर जनमुखी बनाउने प्रयत्नकै लागि भएपनी आफू राजनितीमा आउने खुलासा गर्दै सिस्टम बिकास भए मुलुक सहजै समृद्ध हुने आत्मबिस्वास समेत ब्यक्त गरेका छ्न । जहाज मा यात्रा गर्ने यात्रु ले आफू जुनसुकै हैसियत र ओहदाको भए पनि यात्रु हु भन्ने मात्र बुझेर यात्रुकै हैसियत मा बसिदिए हवाइ यात्रा सबैकालागी सहज हुने भन्दै हवाइ स्ठापहरुलाई अनावश्यक सुझाब र अर्ति उपदेश वा बढी बिज्ञता देखाएर गरिने निर्देशन नेपाली यात्रु र ठालुहरुको मुख्य समस्या भएको ले यस्तो नगर्न सुझाब समेत दिएका छन ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger