Latest Updates :

१९ वर्षदेखि साउदीको जेलमा फाँसी कुरिरहेका सन्तबहादुर श्रीमतीलाई पठाएको चिठीमा लेख्छन्- ‘म यहाँ अल्लाहलाई प्रार्थना गर्छु । तिमी त्यहाँ पशुपतिनाथसँग प्रार्थना गर ’

SHARE THIS POST :
सन्तबहादुर पुनलाई विश्वास छ, ‘मान्छेको भाग्य मात्रै होइन आयु पनि पहिल्यै लेखिएको हुन्छ । पहिल्यै लेखिएको हुन्थेन र कर्मअनुसारको फल पाइन्थ्यो भने म पहिले नै माटोमा मिलिसकेको हुनेथिएँ !’ उनी पत्नी मायालाई बारम्बार भनिराख्छन्, ‘मलाई कहिले के पर्छ भनेर चिन्ता गर्नुपर्दैन । जुन दिन ममाथि घटना घट्छ, त्यो दिन मात्रै रुने हो । दुःख मान्ने हो । जति दिनसम्म बाँच्न पाइन्छ, त्यति दिनसम्म म अनलाइन आइहाल्छु ।’

माया भने मनमा भने डर छ, सन्तबहादुर कुन दिन अफलाइन जाने हुन् ! १९ वर्षदेखि मृत्युदण्डको सजाय पर्खेर बसेका सन्तबहादुर साउदी अरबको कुरैयात जेलमा छन् । माया पर्वतको मोदी गाउँमा । झन्डै चार हजार किलोमिटर दूरीमा रहेका यी दुईलाई भूगोलले छुट्टाइदिए पनि इन्टरनेटले आमुन्नेसामुन्ने जोडेको छ । घण्टा–घण्टामा उनीहरूबीच भिडियो संवाद हुन्छ । ‘मलाई जेल परेको जस्तै लाग्दैन । तिमीलाई छुन नपाएको मात्रै त हो,’ सन्तबहादुर इमोमा भन्छन्, ‘जस्तो परिस्थिति सिर्जना हुन्छ । त्यसरी नै जिन्दगीको चोला चल्दोरहेछ ।’
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger