आन्दोलनकारीले राजमार्ग अवरुद्ध गर्नुका साथै इलाका प्रहरी कार्यालय पाटनमा ढुंंगामुढा गरेका छन् । स्थिति थप तनावग्रस्त बन्दै गएपछि प्रहरीले हवाइफायर, लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको दाबी गरेको छ । प्रहरीको लाठी चार्जबाट सिद्धबहादुर बोगटी, तेज नेपाली र जयन्ती विष्टको घाइते भएका छन् । उनीहरुको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
शनिवार साँझ ५ बजे पाटनस्थित भीमदत्त पोलिटेक्निल इन्स्च्यिुटमा अध्ययनरत पाटन नगरपालिका–२ का १९ वर्षीय पूर्णानन्द पाण्डेयको ग्रेडरले ठक्कर दिँदा मृत्यु भएको थियो ।
पीडित परिवारले बुझ्न नमानेकाले शव पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । राजमार्ग सुचारु गर्नका लागि पीडित पक्ष, पाटन नगरपालिका र सम्बन्धित निर्माण कम्पनीका प्रतिनिधिबीच छलफल गर्ने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
दोषीलाई कडा कारवाही गर्नुपर्ने पीडितहरुको माग छ ।
Post a Comment