Latest Updates :

ताप्लेजुङबाट रुहाउने खबर : २२ वर्षीया सिर्जनाको घटनास्थल मै ज्यान गयो ( पूरा हेरि शेयर गरौ)

SHARE THIS POST :

ताप्लेजुङ : ताप्लेजुङ सदरमुकाम फुङलिङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्का एक घाइते छन् ।
दुर्घटनामा देउमाई नगरपालिका–१ की २२ वर्षीया सिर्जना गुरुङको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक अमिर वर्देवा घाइते भएका हुन् । पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङ निवासी अमिरको उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

जिल्लाप्रहरी कार्यालय ताप्लेजुङका अनुसार मंगलबार दिउसो ना २१ प ५६२८ को मोटरसाइकल सडकबाट नालीमा खसेर दुर्घटना भएको हो । फुङलिङ बजारस्थितमालपोत कार्यलयबाट मेची राजमार्गतर्फ जाने क्रममा ना. २१. प. ५६२८ को मोटरसाइकल सडकबाट नालीमा खसेर दुर्घटना भएको हो ।मृतक गुरुङ सिंचाई कार्यालय ताप्लेजुङकी सामाजिक परिचालक थिइन् भने वर्देवा नृत्य प्रशीक्षक हुन् । तिव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख सञ्जयसिंह थापाले बताए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger