Latest Updates :

जब मौन प्रर्दशनले झडपको रुप लियो, कांग्रेस मुख्यालयमा जे देखियो (भिडियो सहित)

SHARE THIS POST :
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार पार्टी कार्यालय सानेपामा तय गरिएको थियो ।

बैठकमा सहभागि हुन आउने नेताहरुलाई नेविसंघ सुनिश्चितता र ३२ वर्षे उमेर हद लागू गर्दै तदर्थसमिति बनाइनुपर्ने दवाव दिँदै आएको कृष्ण प्रसाद सिटौला समूहका कार्यकर्ता तीन दिन देखि निरन्तर धर्नामा थिए  । आजपनि विद्यार्थी नेताहरु धर्नाका लागि सानेपा पुगेका थिए ।

त्यसैगरि सिटौला समूहलाई काउन्टर दिनेगरी संस्थापन निकटका ऋषिजंग शाही नेतृत्वको समूह पनि पार्टी कार्यालय पुग्यो । दुई गुटका नेता कार्यकर्ताहरु पार्टी कार्यालयमा पक्षविपक्षमा प्रदर्शन भइरहेको बेला एकाएक इट्टा हानाहान हुन पुगेका हो । 

नेविसंघका नेता निरञ्जन थापाले भने, “हामीहरु शान्तिपूर्ण धर्नामा थियौ ।” उनले थपे, “विधान अनुसार सबै हुनुपर्छ भन्ने हाम्रो माग हो शाही नेतृत्वको समूहले इट्टा हानेपछि शान्तिपूर्ण प्रर्दशनले झडपको रुप लिएको हो ।”

बिहानबाट शुशिल भट्ट नेतृत्वको समूह पार्टी कार्यालयमा भएको र त्यस्ता कुनै पनि इट्टा र ढुङ्गा फाल्ने जस्ता काम नभएको थापाले दाबी गरे । नेताहरुको बाटो छेक्ने आफूहरुको उदेश्य नभएको भन्दै  नेताहरुसँग वार्ता गर्न खेजिएको भएपनि उहाँहरुले विद्यार्थी नेताहरुको कुनै पनि कुराहरु सुन्न नचाहेको थापाको आरोप छ ।

“विद्यार्थीहरुको कुरा नसुन्ने भएपछि हाम्रो कुराहरु उहाँहरुलाई सुनाउनको लागि प्रदर्शनमा उत्रिएका बाध्य भएका हौ ।” थापाले  भने ।

त्यसै गरि अर्को नेता शुशिल भट्टले बहुमतको आधारमा ३२ वर्षको उमेर हदबन्दी लागू गरेको बताए । उनले भने, “हामी उमेर हदबन्दीको बिरोधमा होइनौ तर हामीले वैकल्पिक व्यवस्थापनको माग गरेका हौं ।  “आफूले गरेको निर्णय मसि नसुक्दै उल्लंघन गर्नु गलत हो ।” उनले थपे ।

आफूले राखेका मागहरु सम्बोधन नभए नेविसंघले आन्दोलन चर्काउने भन्दै भट्टले यसको जिम्मेवार नेताहरु नै हुने बताए ।

नेविसंघका नेता कार्यकर्ताबीच झडप प्रहरीले झडपलाई नियन्त्रणमा लिने क्रममा लाठीचार्ज गर्दा एक दर्जन नेविसंघका कार्यकर्ता घाइते भएको जनाइएको छ । झडपमा पत्रकार केशव साउदसहितका ३ जना पत्रकार समेत सामान्य घाइते भएका छन् ।

 बिहानबाट  सुरक्षाकर्मीहरुले संयमता अपनाएको र  नाराबाजीमा  कुनै पनि हस्तक्षेप नगरेको भएपनि  इट्टा हानेपछि लाठी चलाउन बाध्य भएको प्रहरीले जनाएको छ ।

कांग्रेस पार्टी कार्यालयको नजिकै रहेको ‘मा किड्स मन्टेश्वरी’ की प्रिन्सिपल रुमाले यस्तो गतिबिधिले बच्चाहरु र उनीहरुको अभिभावमा त्रास पैदा भएको बताईन् । झडपका कारण स्कुल बन्द गर्नु परेको अनुभव सुनाउदै उनले भनिन्, “अभिभाकलाई बुझाउन गाह्रो छ ।”

गत बिहिवार पनि नेपाली कांग्रेस पार्टी कार्यालयामा धर्नामा  बसेका नेविसंघका कार्यकर्ता र पार्टीका नेताहरुबिच झडप भएको थियो ।

नेविसंघको विधानमा रहेको ३२ वर्ष उमेर हद कार्यान्वयन गर्न तथा विधान संशोधन गर्दै देशभरको स्ववियू सभापति ईकाई अध्यक्ष लाई केन्द्रिय प्रतिनीधि हुने प्रावधान राख्न माग गर्दै धर्ना बसेका नेविसंघका कार्यकर्तालाई कांग्रेस नेताले दुव्र्यवहार गर्न खोजेपछि स्थिती असामान्य बन्दै गएको थियो ।

बिहिबारको अवस्थालाई दोहोरिन नदिनको लागि आज पार्टी कार्यालय प्रवेशमा कडाइ गरिएको  थियो । साथै अरु दिनभन्दा सुरक्षा व्यवस्था कडा पारिनुका साथै पार्टी कार्यालयमा केन्द्रीय कार्यसमिति पदाधिकारी, केन्द्रीय सदस्य र पत्रकारलाई मात्र प्रवेश गर्न दिइएको थियो
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger