Latest Updates :

टुँडिखेलमा पाइलटकी आमा– छोरालाई बोलाइन्, चिच्याइन्, अँह प्रभाकरले सुनेनन् !

SHARE THIS POST :
बुधबार ताप्लेजुङमा दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलट थिए प्रभाकर जोशी ।

जोखिम मोलेर हेलिकोप्टरको उडान भरेका जोशीको प्रयास सफल हुन सकेन र हेलिकोप्टर दुर्घटना भयो । दुर्घटनामा क्याप्टेन जोशी सहित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र अन्य पाँच जनाले ज्यान गुमाए ।

दुर्घटनामा ज्यान गुमाए सवैको शव अन्तिम श्रद्धान्जलीको लागि टुँडिखेलमा राखिएको छ ।

यसैक्रममा आफ्ना छोरा प्रभाकरलाई श्रद्धान्जली दिनका लागि टुँडिखेल पुगेका परिवारका सदस्य विक्षिप्त बनेका छन् ।

काठमाडौं ताहचलका प्रभाकर ‘योङ पाइलट’का रुपमा परिचित थिए । हिमाली क्षेत्रको अफ्ठेरो परिस्थितिमा पनि उडान भर्न सक्ने उनी कुशल पाइलट थिए । तर उनको यो कुशलता शायद ‘दैव’ लाई मन परेन ! कलिलै उमेरमा प्रभाकरको इहलिला समाप्त भयो ।

छोराको हँसिलो अनुहार पनि अन्तिम क्षणमा आमा र परिवारका सदस्यले देख्न पाएनन् । दुर्घटनामा परेका प्रभाकरसहित अन्य सवैको शव चिन्न सक्ने अवस्थामा थिएन ।

शुक्रवार टुँडिखेलमा छोराको शवका टुक्राहरुसहितको पोका देखेपछि प्रभाकरकी आमा सम्हालिन सकिनन् ।

आशुका बलिन्द्र धारामा रुँदै उनले आफ्नो मातृत्व भाव प्रकट गरिन् । आफ्नो छोरालाई बोलाइन्, चिच्च्याइन्, अहँ प्रभावकरले सुनेनन् !
मेरो छोरा….. मेरो बाबु ……
भन्दै भावविह्वल बनेकी आमालाई प्रभाकरका आफन्तले टुँडिखेलबाट बाहिर निकालेका छन् ।

पार्थिव शरीरबाट टाँढिएपनि प्रभावकरको स्मरण आमाले कसरी भुल्न सक्नु होला र !

दुर्घटना अकल्पनीय हुन्छ । यो अकल्पनीय पीडामा प्रभाकरका परिवारलाई धर्यधारण गर्ने शक्ति मिलोस्,
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger