काठमाडौं । पशुपति शर्माको गित लुट कान्छ लुट सार्बजनिक भए पछी नेपाली मिडिया मा मात्र हैन अन्तर्ष्ट्रिय मिडिया मा समेत हेडलाइन बनेका छन् । पछिल्लो समय पशुपति शर्माले गाएको गित ” लुट्न सके लुट कान्छा”बोलको गितलाई सरकार पक्षले रोक लगाएकोमा चौतर्फी बिरोध भइरहेको बेला नेपाली जनता दलका अध्यक्ष तथा पुर्ब साम्सद हरिचरण साहले भने गायक पशुपती शर्माले आफ्नो गित युट्युब बाट हटाएर ठूलो गल्ती गरेको भन्दै समस्त नेपालिहरुको अपमान हुने काम गरेकाले उन लाई कालो मोसो दलेर देश परिक्रमा गर्नुपर्ने बताएका छन।
अध्यक्ष साहले भने “पशुको रुपधारण गरेको सरकार सामु गायक शर्माले शिर झुकाउनु भनेको समस्त लोकतान्त्रिक गणतान्त्रिक जनताको शिर निहुराउने काम गर्नु सरह हो भन्दै उनले जनताको स्वतन्त्र अभिव्यक्ति माथी यो सरकारले हमला गरेको भन्दै सरकारको घोर भर्त्सना समेेेत गरेको छ।अध्यक्ष सा हले भने ” देशका सबै भ्रष्टाचारी एकै चिहान बनाउने गरि यो देशका दशरथ चन्द , शूक्र राज शास्त्री, हरू जस्तै अंग्रेज़ हरू बिरुद्द भारतमा लडाइँ लडेका सहिद शूभाश-चन्द्र -बोश जस्तै हाम्रा युवा जनशक्ति नबन्ला भन्न सकिन्न।”
अध्यक्ष पौडेलको आक्रोश -‘पशुपति शर्माले गीतबाट हामीलाई कुकुर भने’
काठमाडौं। केही दिनदेखि गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको लोक गीत निकै चर्चामा छ। गीत रिलिज भएको २४ घण्टा नपुग्दै युट्यूबको ट्रेन्डिङ नम्बर १० मा पुगेको थियो। तर, सरकारको आलोचना गरेको भन्दै आक्रोश पोख्दै युवासंघको फेसबुक पेजबाट एउटा सन्देश आएपछि गीत युट्यूवबाट हटाइएको थियो।
यो गीत हटाइएपछि चौतर्फी आक्रोश समेत पोखिएको छ। कसैले पञ्चायतकाल फर्केको भन्दै सामाजिक संजालमा आक्रोश पनि पोखेका छन्। यस्तैमा कलाकारहरुले समेत यसको विरोध गरेका छन्। यही विषयमा केन्द्रित रहेर हामीले युवा संघका अध्यक्ष रमेश पौडेलसँग कुराकानी गरेका थियौं।
उनले यो गीत आफूलाई त्यस्तो आपत्तिजनक नलागेको तर यो गीतमा प्रयोग भएका शब्दको संयोजन नमिलेको बताएका छन्। उनले आफूले व्यक्तिगत रुपमा पशुपति शर्मालाई सम्मान गर्ने पनि उल्लेख गरे । पौडेलले यो गीतलाई लिएर अहिले जति पनि संचारमाध्यम तथा सामाजिक संजालमा हल्ला फैलिएको छ, यो सबै अहिलेको सरकारलाई असफल पार्नको लागि चलिएको चाल भएको पनि बताए। यो गीतमा प्रयोग भएका कतिपय शब्दले विदेशमा रहेका दाजुभाईहरुलाई पनि असर पर्ने उनले बताए।
उनले यो देशमा रहेका केही प्रायोजित व्यक्तिहरुले सरकारलाई असफल पार्नकै लागि यो गीतको पछाडि लागेर उफ्रिरहेको भनी आक्रोश व्यक्त गरे।
Post a Comment