Latest Updates :

वडाध्यक्षकाे याैन हर्कतकाे भिडियाे सार्वजनिक भएपछि वडाबाटै बहिष्कारको आवाज उठ्यो ! (भिडियो सहित)

SHARE THIS POST :
बाराको प्रसौनी गाउँपालिका–३ का वडाध्यक्ष बैजु गुप्तालाई पदबाट मुक्त गर्न नागरिक समाजले दबाब दिएको छ । केही दिनअघि कुनै होटलमा गुप्ताले यौन हर्कत गरेको भिडियो सार्वजनिक भएलगत्तै उनलाई वडाबाट सामाजिक बहिष्कारको आवाज उठेको हो ।

बुधबार नागरिक समाज, प्रसौनीका अध्यक्ष बिनोद पटेल नेतृत्वको टोलीले गाउँपालिका अध्यक्ष भोला गुप्तालाई ज्ञापनपत्र बुझाउँदै बैजुलाई पदबाट हटाउन माग गरेका छन् । ज्ञापनपत्र बुझाउने क्रममा गाउँपालिकाको कार्यालयमा प्रहरीको बाक्लो उपस्थिति रहेको राजधानी दैनिकमा खबर छ ।

केही दिनअघि वडाध्यक्ष गुप्ताको तीन मिनेट लामो यौन हर्कतको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । यससँगै स्थानीयको हातहातमा उक्त भिडियो पुगेको छ । उनले कुनै नेपाली युवतीसँग यौन हर्कत गरेको भिडियो उनै युवतीले खिचिरहेको देखिन्छ ।

सो घटना बाहिर आएको केही दिन बितिसक्दा पनि उनीमाथि कुनै कारबाही नभएको भन्दै स्थानीयको पटकपटक गाउँमा बैठक (कचहरी) बसिसकेको समाजका अध्यक्ष पटेलले बताए । ‘मौखिक रूपमा धेरैपटक गाउँपालिका अध्यक्षलाई भन्दा पनि उहाँले थाहा नै नपाएजस्तै गर्नु भो,’ पटेलले भने, ‘उहाँ पनि र वडाध्यक्ष पनि एउटै पार्टीबाट (राजपा) चुनाव जित्नुभएको हो त्यसैले पनि उहाँलाई अप्ठ्यारो भएको हुन सक्छ ।’

पटेलका अनुसार वडाध्यक्षको सार्वजनिक भएको भिडियोमाथि प्रश्न गर्दा उनले स्थानीयलाई आफूलाई सकेको कानुनी कारबाही गर्न चेतावनी दिने गरेका छन् ।
यता, गाउँपालिकाका अध्यक्ष भोला गुप्ताले विज्ञप्तिमा भनिएजस्तो नभएको बताउँदै सो हर्कतबारे आफू अनभिज्ञ रहेको बताए । यसबारे सम्बन्धित निकायमा बुझ्ने र समाधान खोज्ने उनको छोटकरी जवाफ छ । उनले आफूमाथि लागेको यो यौन हर्कतको आरोपलाई अनावश्यक मिडियाबाजीको संज्ञा दिएका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger