Latest Updates :

विश्वकै १४ वर्षीय कान्छा प्रोफेसर, जो बेलायतको चर्चित विश्वबिद्यालयमा पढाउँछन्…

SHARE THIS POST :
 याशा एस्ले १४ वर्षका भए । कलिलो उमेरमै उनी बेलायतको लेचेस्टर युनिभर्सिटीमा प्राध्यापक बनेका छन् ।

विश्वकै कान्छा प्राध्यपकका रुपमा आफ्नो परिचय बनाएका याशासँग विलक्षण प्रतिभा छ । गणित विषयमा विशेष दख्खल भएका उनलाई मानव क्याल्कुलेटरको उपमासमेत दिइएको छ ।

हालै लेचेस्टर युनिभर्सिटीले भिजिटिंग प्रोफेसरको रुपमा छनोट गरेका एस्लेले विश्वविद्यालयमा गणित विषय बढाउनुका साथै आफैँ पनि डिग्री पढिरहेका छन् ।

१४ वर्षका किशोरको विलक्षण प्रतिभा देखेर याशालाई विश्वविद्यालयको भिजिटिंग प्रोफेसरको पद दिन लिचेस्टर विश्वविद्यालयको मानव संसाधन विकास विभागले लिचेस्टरको परिषदबाट विशेष अनुमति लिनुपरेको थियो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger