।काठमाडौं : मन्त्रिपरिषद् बैठकले ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनाको छानबिनका लागि चार सदस्यीय समिति गठन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चार सदस्यीय छानबिन समिति गठन गरेको हो। दुर्घटनाको जाँचबुझ गरी सुझावसहितको प्रदिवेदन पेश गर्ने गरी नेपाल सरकारका पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा समिति गठन भएको हो । समिति सदस्यमा नेपाली सेनाका सहायक रथी दीपकप्रसाद बास्तोला, अवकाश प्राप्त महासेनानी प्रमोद लामा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य रहेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातजना सवार हेलिकोप्टर दुर्घटनामा सबैजनाको घटनास्थलमै मृत्यु भएको हो। सरकारले मन्त्री अधिकारीको निधनप्रति दुःख व्यक्त गर्दै बिहीबार देशभर सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ। बैठकले मन्त्री अधिकारीको शव काठमाडौं ल्याएपछि उनको राजकीय सम्मानका साथ बिदाइ गर्ने भएको छ।
मन्त्री सहित ७ जनाको ज्यान गएको केही समय मै दाङबाट अर्को दुखद खबर
दाङमा सवारी दुर्घटना हुँदा बुधबार दुई जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका १९ सक्राम– छिल्लिकोट सडकखण्डमा भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। बुधबार साँझ छिल्लीकोट जाँदै गरेको लु १ च ५९१२ नम्बरको भ्यान दुर्घटना हुँदा पाँचजना घाइते भएको ट्राफिक प्रहरी शरद केसीले जानकारी दिए।विजौरीबाट छिल्लीकोट जाँदै गरेको भ्यान छिल्लीकोटको उकालोमा दुर्घटना भएको हो। भ्यान सडकदेखि एक सय ५० मिटर तल खसेको छ। दुर्घटनामा परेर तुलसीपुर १९ बासगढीका चालक तथा गाडी धनी ३५ वर्षीय लालबहादुर वली र तुलसीपुर १९ छिल्लीकोटका ५५ वर्षीय अम्मरबहादुर वलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।घाइते पाँचमध्ये दुईजना बालक रहेको प्रहरीले जानकारी दिएको छ। केसीका अनुसार ४ वर्ष र १ महिनाका दुई बालक घाइते छन्

Post a Comment